सनराइज बैंकले लाभांश नदिने घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सनराइज बैंकले लाभांश नदिने घाेषणा



काठमाडौं। सनराइज बैंक लिमिटेडले यस पटक लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको आइतबार दिउँसो बसेको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

जसअनुसार बैंकले सेयरधनीहरुलाई नगद लाभांश र बोनस सेयर वितरण गर्ने छैन। बैठकले बैंकको गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायतका वित्तीय विवरण तथा अनुसूचीहरु राष्ट्र बैंकबाट स्वीकृति भएपश्चात आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार १३:१३