लक्ष्मी बैंकले लाभांश नदिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

लक्ष्मी बैंकले लाभांश नदिने घोषणा



काठमाडौं । लक्ष्मी बैंक लिमीटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश नदिने निर्णय भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको २६३ औं बैठकले वितरणयोग्य नाफा समेत यो वर्षका लागि सञ्चित गरी अघिल्लो वर्षका लागि कुनै लाभांश नदिने निर्णय गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै कार्यान्वयनमा आउनेछ ।

प्रकाशित : २५ मंसिर २०७९, आईतवार १२:२३