सामलिङ पावर कम्पनीले लाभांश नदिने, साधारण सभाको मिति तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सामलिङ पावर कम्पनीले लाभांश नदिने, साधारण सभाको मिति तय



काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले यस पटक लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको मंसिर २१ गते (बुधबार) बसेको बैंठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त बैठकले कम्पनीको पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन ।

प्रकाशित : 9 December, 2022 12:48 pm