पाँचथर पावर कम्पनीको नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

कर्पोरेट

पाँचथर पावर कम्पनीको नगद लाभांश घोषणा



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँबराबरको नगद लाभांश ९करसहित० रहेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार १२:१०