चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

चिलिमे जलविद्युत कम्पनीको लाभांश घोषणा, बुक क्लोज मिति पनि तय



काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ नगद लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश अनुमोदन गर्न सञ्चालक समितिको बैठकले कम्पनीको २६ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस २३ गते आयोजना गर्ने निर्णय गरेको छ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ मंसिर २९ गते (पुस १ गते शुक्रबार र पुस २ गते शनिबार)सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार ११:१९