मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

बैंक / वित्त

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा १२.३५ प्रतिशतले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६.६७ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.६५ प्रतिशतले हुन आउने ५८ लाख ७२ हजार २८२.४६ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार ११:५१