सानिमा मिडलको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सानिमा मिडलको साधारण सभा पुस १४ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरले पुस १४ गते साधारण सभा गर्ने भएको छ । सभा अकामा होटल धुम्बाराही काठमाडौंमा बिहान ११ बजे जुम मार्फत गर्ने निर्णय गरेको हो ।

सभामा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल गर्ने अर्को एजेन्डा पनि छ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र संसोधन गर्ने प्रस्ताव पनि रहेको छ । सानिमा मिडल आइपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारण दुवैलाई गरी कुल ८३ लाख ३१ हजार २५० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले आइपीओ बिक्री गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ ।

प्रकाशित : १८ मंसिर २०७९, आईतवार १२:३७