राष्ट्र बैंकले एक अर्ब ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले एक अर्ब ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ५३ करोड १५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब २२ करोड ५३ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा २२ करोड ९७ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड ६५ लाख रुपैयाँ लगानी गर्ने जनाएको छ ।

२०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गरिने भएकाले मंसिर १८ गते राती १२ बजेभित्रमा प्राप्त हुने गरी ब्याजदर प्रस्ताव गर्न बैंकले आह्वान गरेको छ ।

त्यस्तै, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्पतीमा २० प्रतिशत वा सो भन्दा सो भन्दा बढी रहेको, आव २०७८/०७९ मा सञ्चालन मुनाफामा (व्यवस्था पछिको) रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, सर्वसाधारणका लागि छुट्टयाइएको शेयर जारी गरिसकेको, शिघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तिमा ६ महिना पुरा भएको हुनुपर्ने लगायतका सर्तहरु राष्ट्र बैंकले राखेको छ ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार १३:११