नेपाल एसबीआई बैंकको लाभांश घोषणा,बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल एसबीआई बैंकको लाभांश घोषणा,बोनस र नगद कति ?



काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको सोमबार बेलुका बसेको बैठकले हाल कायम चुक्तापुँजी ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ रुपैयाँको कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी २९ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : १३ मंसिर २०७९, मंगलवार ११:०१