आरएसडिसी लघुवित्तले ११ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरएसडिसी लघुवित्तले ११ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार ११:०२