राजस्व चुहावटको आरोपमा एक जना विरुद्ध मुद्दा दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राजस्व चुहावटको आरोपमा एक जना विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नम्बर ८, बेलाहीका सरोज मिया मंसुर विरुद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेकोे हो ।

विभागको जारी विज्ञप्ती अनुसार महानगरपालिकाको ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले मंसुरको साथबाट बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहना र नगद नेपाली रूपैयाँ ५७ हजार रुपैयाँ बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो ।

उक्त विषयमा थप अनुसन्धान गर्दा मंसुरले राजस्व चुहावट गरेको पुष्टि भएको र उनी विरुद्ध ५ लाख २४ हजार ८७५ रुपैयाँ बिगो र सजायको मागदावी सहित विभागले शुक्रबार उच्च अदालत पाटनमा अभियोगपत्र दर्ता गरेको हो ।

प्रकाशित : ९ मंसिर २०७९, शुक्रबार १५:४८