विश्वकप फुटबल शुरु हुँदै, विजेताले पाउनेछन् ४२ मिलियन डलर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विश्व

विश्वकप फुटबल शुरु हुँदै, विजेताले पाउनेछन् ४२ मिलियन डलर



काठमाडौं । फुटबलको महाकुम्भ फिफा विश्वकप आज आइतबारबाट सुरु हुँदैछ। मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो।

६० हजार दर्शक क्षमताको अल खोरस्थितअल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आज आइतबार समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।

खेल साँझ ७ बजे सुरु हुनेछ भने खेल सुरु भन्दा अघि उद्घाटन कार्यक्रम साँझ ५ बजे सुरु हुनेछ। दर्शकको लागि ३ बजे गेटहरू खुल्नेछ ।

पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ। कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ। यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।

अहिलेसम्मकै महंगो प्रतियोगिता मानिएको कतार विश्वकप आयोजना गर्न गर्न दुई सय २९ बिलियन पाउन्ड खर्च गरेको छ । अत्याधुनिक आठ रंगशाला तथा होटेल निर्माण गरेको छ । विजेत र उपविजेता टोलीलाई पनि राम्रो धनराशि प्रदान गरिदैछ ।

कतार संस्करणको विजेताले चार करोड २० लाख डलर पाउनेछ । प्रत्येक सहभागी खेलाडीले तीन लाख ७० हजार डलरसमेत पाउने व्यवस्था मिलाइएको छ । कतार विश्वकप विजेताले ४२ मिलियन डलर र उपविजेताले ३० मिलियन डलर प्रदान गर्दैछ । त्यस्तै तेस्रो स्थान हासिल गर्नेलाई २७ मिलियन डलर र चौथोलाई २५ मिलियन डलरको व्यवस्था फिफाले गरेको छ ।

सहभागी राष्ट्रका सम्बन्धित फुटबल निकाय वा सरकारले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीलाई बोनसको पनि व्यवस्था गरेका हुन्छन् । खेलाडीलाई विभिन्न निकायले पैसा दिने गरेका छन् ।

प्रकाशित : ४ मंसिर २०७९, आईतवार ०९:१२