स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्टान्डर्ड चार्टर्ड बैंकको साधारण सभा मंसिर २५ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले मंसिर २५ गते साधारण सभा गर्ने भएको छ । बैंकको ३६औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुने निर्णय भएको हो ।

सभामा गत वर्षको नाफाबाट लगानीकार्तालाई दिन प्रस्ताव गरिएको १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।

प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि मंसिर ७ गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार ११:२९