चालु खाता ३४ अर्ब २८ करोडले घाटामा, शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

चालु खाता ३४ अर्ब २८ करोडले घाटामा, शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा चालु खाता ३४ अर्ब २८ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा पनि चालु खाता १४९ अर्ब ८१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा गत वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको चालु खाता तीन महिनामा २७ करोडले घाटामा रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३४.८ प्रतिशतले वृद्धि भई २ अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ करोड प्राप्त भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ९२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ८७ अर्ब ७१ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड १२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९ करोड १८ लाखले बचतमा रहेको छ

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १६:३३