प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले लाभांश दिने घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको बोनस सेयर ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँ र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १६:१९