हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३४.५७ प्रतिशतले कमी, बीमा शुल्क आर्जनसँगै जगेडा कोष पनि घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३४.५७ प्रतिशतले कमी, बीमा शुल्क आर्जनसँगै जगेडा कोष पनि घट्यो



काठमाडौं । साउन १ देखि एकीकृत कारोबार सुरु गरेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३४.५७ प्रतिशतले कम हो ।

गत आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बीमाशुल्क पनि ७.६७ प्रतिशतले घटेर २२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।

गत आर्थिखक वर्षको यहि अवधीमा कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ७ करोड ४४ लाख रुपैयाँ र लगानी कर्था तथा अन्य आयबाट १ अर्ब ९९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

दुई कम्पनी मर्ज पश्चात बनेको कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ५९ करोड ४० लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब १० करोड ७७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा, प्रति शेयर नेटवर्थ १७८ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात ५३.२२ गुणा रहेको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १३:४५