नागरिक लगानी कोषको नाफा बढ्यो, अन्य सूचक कस्तो छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषको नाफा बढ्यो, अन्य सूचक कस्तो छ ?



काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.९९ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। आम्दानीसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ७३.४१ प्रतिशत बढेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १७.९५ प्रतिशत बढेको छ भने कुल खर्च १७.८० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३० प्रतिशत बढेर ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुगेको छ भने शेयर प्रिमियम ७७.५६ प्रतिशत घटेर २८ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी अर्थात ईपीएस घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ २३ पैसा घटेर २१ रुपैयाँ ९० पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८२.७३ गुणा रहेको छ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १२:५९