माउन्टेन इनर्जीको लाभांश घोषणा, पुस ९ गते डाक्याे साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

माउन्टेन इनर्जीको लाभांश घोषणा, पुस ९ गते डाक्याे साधारण सभा



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो।

जसअनुसार उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको (करबाहेक) १० प्रतिशत अर्थात १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले प्रस्ताव गरेको छ।

सोही बैठकले लाभांश पारित गर्न कम्पनीको वार्षिक साधारणसभा पनि डाकेको छ। कम्पनीले आगामी पुस ९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आगामी मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १२:३०