मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनश शेयर र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा, बोनश शेयर र नगद कति ?



काठमाडौं । दुई वाणिज्य बैंकले बुधबार लाभांश दिने घोषणा गरेका छन् । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनिहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।

मेगा बैंकले कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । हाल कायम रहेको चुक्ता पुँजीको ४ प्रतिशतका दरले ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ बराबरको बोनस शेयर र ३.८३ प्रतिशतका दरले हुन आउने ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । मेगाले गत वर्ष १२.०७ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका दरले हुन आउने ७३ करोड २३ लाख एक हजार ६५३ रुपैयाँ बराबरको बोनस शेयर र ७ प्रतिशतका दरले हुन आउने एक अर्ब २८ करोड १५ लाख २७ हजार ८९३ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो। गत वर्ष इन्भेष्टमेन्टले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

दुबै बैंकको प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार १२:०८