सोल्टी होटलको वित्तिय विवरण सार्वजनिक, ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सोल्टी होटलको वित्तिय विवरण सार्वजनिक, ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन



काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल २ करोड ११ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोज मसान्तसम्म सोल्टीले व्यवसायबाट कुल ४१ करोड ३२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन गत वर्षको सोही अवधिमा गरेको १२ करोड ३६ लाख रुपैयाँ आम्दानी भन्दा २३४.१५ प्रतिशत धेरै हो ।

त्यस्तै, आम्दानी बढेसँगै सोल्टीले १२ करोड ६६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनी २ करोड १ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो । चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको सोल्टीको रिजर्भ कोषमा ९९ करोड ८७ लाख रुपैयाँ छ ।

अघिल्लो वर्ष यसको रिजर्भ कोषमा ५६ करोड ८४ लाख रुपैयाँ मात्र रहेको थियो । सोल्टी होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३३ पैसा र प्रतिसेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा छ । गत वर्ष यो होटल प्रतिसेयर २५ पैसा नोक्सानमा रहेको थियो भने प्रतिसेयर नेटवर्थ १६ रुपैयाँ ७५ पैसा रहेको थियो ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलवार ०९:५३