वित्तीय विवरण सार्वजनिक गरेका २८ वटा लघुवित्तको खुद नाफा एक अर्ब ५३ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वित्तीय विवरण सार्वजनिक गरेका २८ वटा लघुवित्तको खुद नाफा एक अर्ब ५३ करोड माथि



काठमाडौं । नेप्सेमा सूचिकृत ४८ वटा लघुवित्त कम्पनीहरुमध्ये हाल २८ वटा लघुवित्तले आफ्नो वित्तिय विवरण सार्वजनिक गरेका छन् । यी लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेका हुन् ।

वित्तिय विवरण सार्वजनिक गर्नेमा आरएसडिसी लघुवित्त, आएमडिसी लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिर्मिरे लघुवित्त, स्वाभिमान लघुवित्त, नेरुडे लघुवित्त, समता लघुवित्त,गणपति लघुवित्त, एनआइसी एसिया लघुवित्त, फस्ट माइक्रोफाइनान्स लघुवित्त,सिवाइसी लघुवित्त, छिमेकी लघुवित्त, माहुली लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, सिभिल लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, समित लघुवित्त, ग्रामिण विकास लघुवित्त, आधिखोला लघुवित्त, उपकार लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, गुराँस लघुवित्त, नेष्डो लघुवित्त, कालिका लघुवित्त, जीवन विकास लघुवित्त, मिथिला लघुवित्त र सर्पाेट लघुवित्त रहेका छन् ।

यस पटक वित्तिय विवरण सार्वजनिक गर्ने अधिकांश लघुवित्तहरुको नाफा अघिल्लो बर्षको दाँजोमा गिरावट आएको छ । गत बर्षको यस अवधिको तुलनामा २१ वटा कम्पनी घाटामा छन् । जसमा सबैभन्दा बढी घाटा बेहोर्नेमा गुराँस लघुवित्तको २९०.३९ प्रतिशत, स्वाभिमान लघुवित्त १९०.८६ प्रतिशत,ग्रामिण विकास लघुवित्त ११२.८५ प्रतिशत, निर्धन उत्थान लघुवित्त ८३.८८ प्रतिशत र आधिखोला लघुवित्त ७८.७१ प्रतिशत नाफा घटेको हो।

त्यस्तै, यस अवधिमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा गणपति लघुवित्त १५४.६९ प्रतिशत, आरएसडिसी लघुवित्त १०१.९८ प्रतिशत, फस्ट माइक्रोफाइनान्स लघुवित्त६१.७९ प्रतिशत,आरएमडिसी लघुवित्त ५४.१६ प्रतिशत र छिमेकी लघुवित्तको ५३.७१ प्रतिशत नाफा कमाएका छन् ।

विवरण सार्वजनिक गरेका २८ कम्पनीहरु मध्ये चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ३ वटा कम्पनी घाटामा छन् भने बाँकी २५ वटा कम्पनीले एक अर्ब ९ लाख २६ हजार रुपैंया खुद नाफा आर्जन गरेका छन् । गत बर्ष २८ वटा कम्पनीले यस अवधिमा एक अर्ब ५३ करोड २६ लाख ७० हजार खुद नाफा कमाएका थिए । यस बर्ष घाटा बेहोरेका गुराँस लघुवित्त ६० लाख २२ हजार रुपैयाँ घाटामा छ ।

यसले गत बर्षको यस अवधिमा ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । ग्रामिण लघुवित्त १ करोड १८ लाख ३५ लाख रुपैयाँ खुद घाटामा छ । गत बर्षको पहिलो त्रैमासमा यसले २ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, स्वाभिमान लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा ६७ लाख ८२ हजार रुपैंया खुद घाटामा छ । अघिल्लो बर्षको यसै अवधिमा कम्पनीले ७४ लाख ६४ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार १७:५४