साहस उर्जाको खुद नाफा घट्यो, अन्य सूचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

साहस उर्जाको खुद नाफा घट्यो, अन्य सूचक कस्ताे ?



काठमाडौं । साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले १० करोड १८ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत बर्षको तुलनामा ५०.११ प्रतिशतले थोरै हो ।

गत वर्ष यसले २० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले हालसम्म विद्युत बिक्रीबाट भने कुनै आम्दानी गरेको छैन । यसको प्रशासनिक खर्च ८ लाख ५८ हजार रहेको छ ।

त्यस्तै, कम्पनीको सर्भिस कन्सेसन एग्रिमेन्टबाट हुने नाफा १ अर्ब २८ करोडबाट घटेर ६७ करोड ५५ लाख रुपैयाँमा झरेको छ ।

यस्तै, सञ्चालन नाफा २० करोड ४२ लाख रुपैयाँबाट घटेर १० करोड १८ लाख रुपैयाँ पुगेको छ । हाल साहसको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६५ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ १६० रुपैयाँ ७९ पैसा छ ।

प्रकाशित : २७ कार्तिक २०७९, आईतवार ११:३५