ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा उल्लेख्य बृद्धि, खुद बिमा शुल्क आर्जन ९१ करोड माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ज्योति लाइफ इन्सुरेन्सको खुद नाफामा उल्लेख्य बृद्धि, खुद बिमा शुल्क आर्जन ९१ करोड माथि



काठमाडौं । ज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २१ करोड ५२ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा १३३.२८ प्रतिशतले बढी हो ।

गत बर्ष यसले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद बिमा शुल्क आर्जन १५.६७ प्रतिशतले बढेर ९१ करोड ४० लाख रुपैयाँ पुगेको छ । लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी बढेको छ भने नोक्सानी व्यवस्थाबाट २ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा सुधार भएको देखिन्छ ।

ज्योति लाइफको जगेडा कोष र जीवन बिमा कोषमा पनि राम्रो सुधार देखिएको छ । असोज मसान्तसम्म कम्पनीको जगेडा कोष ५६.६९ प्रतिशतले बढेर १ अर्ब ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यस्तै, जीवन बिमा कोषको आकार पनि ५४.९६ प्रतिशतले बढेर ४ अर्ब ४ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

यसको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ३ करोड ५७ लाख रुपैंया जम्मा गरेको छ । असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ३२ पैसा छ । हाल इन्स्योरेन्स सूर्या लाइफ इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार १३:०१