एकैदिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एकैदिन बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ७ अर्बले घट्यो



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकैदिनमा ७ अर्ब रुपैंयाले घटेको छ । राष्ट्र बैंकका अनुसार कार्तिक २२ गते ५१ खर्ब ७२ अर्ब रूपैयाँ रहेको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ७ अर्ब रुपैंयाले घटेर कार्तिक २३ गते बुधबारसम्ममा कुल निक्षेप ५१ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको हो ।

यस अबधिमा बाणिज्य बैंकहरुको निक्षेप संकलन पनि घटेको छ । बाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैंयाले घटेर ४५ खर्ब ४५ अर्ब रुपैंया पुगेको छ ।

त्यसैगरी, यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी भने बढेको छ । कर्जा लगानी एक अर्बले बढेर ४७ खर्ब ५८ अर्ब रूपैयाँ पुगेको छ । यस अबधिमा वाणिज्य बैंकहरूको कर्जा लगानी भने स्थिर देखिएको छ ।

बैंकहरूको निक्षेप संकलन घट्दा सिडी रेसियो भने केहि बढेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८७ प्रतिशतबाट बढेर ८७.१३ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार १६:४८