धौलागिरी लघुवित्तको नाफा ५३.२० प्रतिशतले घट्दा, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

धौलागिरी लघुवित्तको नाफा ५३.२० प्रतिशतले घट्दा, अन्य सूचक कस्तो ?



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा संस्थाले ४५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ५३.२० प्रतिशतले कमी हो ।

गत वर्षको यही अवधिमा संस्थाले ९७ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाको खुद नाफा बढेपनि असोज मसान्तसम्म यसको सञ्चालन नाफा भने ८८.०७ प्रतिशतले घटेर १२ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।गत वर्ष उक्त नाफा १ करोड ४ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, खुद ब्याज आम्दानी पनि ४.७० प्रतिशतले घटेर २ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत बर्ष यस्तो आम्दानी २ करोड ३४ लाख २८ हजार रुपैंया पुगेको थियो ।

असोजसम्ममा लघुवित्तले १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ भने, ६७ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यस अवधिमा संस्थाको चुक्ता पुँजी १० करोड ३१ लाख रुपैयाँ छ । त्यस्तै , जगेडा कोषमा भएको रकम असोज मसान्तसम्म ३६.६३ प्रतिशतले बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीकाे प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६७ पैसा कायम भएको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८३ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ५.८७ प्रतिशत पुगेको छ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार १४:१८