लक्ष्मी बैंकको एकीकृत कारोबार माघ २ देखि हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी बैंकको एकीकृत कारोबार माघ २ देखि हुने



काठमाडौं, १७ पुस । प्रोफेशन दियालो विकास बैंकलाई गाभेको लक्ष्मी बैंकको एकीकृत कारोबार आगामी माघ २ गतेबाट शुरु हुने भएको छ । दियालोलाई गाभ्न नियामक निकाय नेपाल राष्ट्र बैंकले यही पुस ११ गते अन्तिम स्वीकृती दिएको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृती पाएसँगै बैंकले एकीकृत कारोबार थाल्ने भएको हो ।

एक्विजिशन पछि लक्ष्मी बैंक लिमिटेडबाट कारोबार शुरु हुने भएको छ भने केन्द्रिय कार्यालय भने प्रोफेशन दियालो विकास बैंकको केन्द्रिय कार्यालय हात्तिसार काठमाडौंमा हुने भएको छ ।

एक्विजिशनमा लक्ष्मी बैंक र प्रोफेशनल दियालो विकास बैंकको स्वाप रेसियो १००:५० तय गरिएको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ३ करोड रहेको छ भने प्रोफेशनल दियालोको चुक्तापूँजी २४ करोड माथि रहेको छ ।

प्रकाशित : १७ पुष २०७३, आईतवार ०७:१०