मेगा क्यापिटलकाे साधारणसभा मंसिर १६ गते, नगद लाभांश बाड्ने प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मेगा क्यापिटलकाे साधारणसभा मंसिर १६ गते, नगद लाभांश बाड्ने प्रस्ताव



काठमाडौं । मेगा क्यापिटलले मंसिर १६ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो साढे ३ बजेबाट बस्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले २४.५ प्रतिशत नगद लाभांश (कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ४ करोड ९० रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

त्यस्तै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साथै, सभाले अन्य कुनै मर्चेन्ट बैंकसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार ११:५०