दिव्यश्वरी हाइड्रोपावरको कस्ताे छ वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दिव्यश्वरी हाइड्रोपावरको कस्ताे छ वित्तिय अवस्था ?



काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस समीक्षा अवधिमा कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो बर्षको तुलनामा नाफा ७४.८७ प्रतिशत कमी हो।

गत वर्ष यही अवधिमा कम्पनीले २९ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीले विद्युत बिक्रीबापत ३ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ८.९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले विद्युत बिक्रीबाट २ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको थियो।

चुक्तापुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ २२ करोड २० लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष पनि रिजर्भ २० करोड २४ लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएसए० घटेर ०.३० रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५.९० रुपैयाँ रहेको छ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार ११:३८