आदर्श लघुवित्तको नाफासंगै घट्यो खुद व्याज आम्दानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आदर्श लघुवित्तको नाफासंगै घट्यो खुद व्याज आम्दानी



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७.८३ प्रतिशत कम हो।

गत वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा लघुवित्तको नाफा घटेसंगै खुद ब्याज आम्दानी पनि ०.६५ प्रतिशत घटेर ४७ लाख ३० हजार रुपैंयामा झरेको छ । गत बर्ष यसको खुद ब्याज आम्दानी ४७ लाख ६१ हजार रुपैंया पुगेको थियो । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ४७.३४ प्रतिशत घटेर ५ लाख ५४ हजार रुपैयामा सिमित रहेको छ।

त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४७.८६ प्रतिशत बढेर २ करोड ७ लाख रुपैंया पुगेको छ भने जगेडा कोषको रकम ७८.५० प्रतिशतले बढेर एक करोड २७ लाख ६६ हजार रुपैंया रहेको छ। त्यसैगरी, लघुवित्तको सापटी २.२१ प्रतिशत घटेको छ भने निक्षेप २१.५५ प्रतिशत र कर्जा १२.४५ प्रतिशत बढेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको आम्दानी १२ रुपैयाँ ३७ पैसा घटेर ६ रुपैयाँ ७४ पैसामा झरेको छ।

असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ६७ पैसा रहेको छ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार ११:०९