२५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२५ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । हाल नेप्सेमा सूचिकृत २५ वटा म्युचुअल फण्डले लाभाशं घोषणा गरेका छन् । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनिहरुलाई लाभांश दिने घोषणा गरेका हुन् ।

लाभांश घोषणा गरेका सबै कम्पनीको बुक क्लोज भईसकेको छ । लाभांश घोषणा गरेका फण्डहरुले यस पटक शेयरधनिहरुलाई कम्पनीहरू ५५ प्रतिशतदेखि ४.२ प्रतिशतसम्म लाभांश दिने तयारी गरेका हुन् ।

यद्यपी यस पटक लाभांश घोषणा गरेकामध्ये कुनैले पनि बोनस शेयर भने दिएका छैनन् । अहिलेसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डमध्ये एनआईसी एसिया क्यापिटलको सबैभन्दा बढी र एनआइबिएल प्रगती फण्डले सबैभन्दा कम लाभांश दिने घोषणा गरेका छन्।

एनआईसी एसिया क्यापिटलले ५५ प्रतिशत लाभांश दिने भएको छ । त्यस्तै, सनराइज क्यापिटलले दाेस्रोमा सबैभन्दा बढी २५ प्रतिशत लाभांश दिने प्रस्ताब गरेको छ ।

सानिमा इक्विटी फण्डले २२ प्रतिशत लाभांश दिने भएको छ भने एनएमबी हाईब्रिड फण्ड एल-१ ले २१.०५ प्रतिशत, एनएमबी-५० ले २१.०५ दिने घोषणा गरेका छन् ।

त्यसैगरी, एनआईसी एशिया ग्रोथ फण्ड १३ र एनआईसी एशिया ब्यालेन्स फण्डले इकाईधनीहरुलाई १३ प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, सनराइज फस्ट म्युचुअल फण्डले १२ प्रतिशत,सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले १० प्रतिशत, सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत लाभांश प्रस्ताब गरेका छन् ।

त्यस्तै, नबिल ब्यालेन्स फण्ड-२ को ७ प्रतिशत,एनआईबीएल सहभागिता फण्डले ७.२ प्रतिशत, एनआईसी एशिया डाइनामिक डेफ्त फण्डले ६ प्रतिशत, लक्ष्मी उन्नति कोषले, लक्ष्मी इक्विटी फण्ड र नबिल इक्विटीले ५ प्रतिशत र एनआईबीएल प्रगति फण्डले ४.२ प्रतिशत लाभांश दिने भएका छन् ।

एनआईबीएल एस क्यापिटलले २० लाभांश दिने भएको छ । त्यस्तै, लक्ष्मी क्यापिटल मार्केटले बोनस लाभांश ७ प्रतिशत र नगद लाभांश ७ प्रतिशत गरेर जम्मा १४ प्रतिशत लाभांश दिन लागेको हो । एनएमबी क्यापिटल २१.०५ प्रतिशत,बिओके क्यापिटल मार्केट ५.७९ प्रतिशत लाभांश दिने भएका छन् । त्यस्तै, आरबीबी मर्चेन्ट बैंकिङ ७.५ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत, सानिमा क्यापिटलले १५.७८ प्रतिशत, कुमारी क्यापिटलले ५ प्रतिशत लाभांश तोकेका छन् । यी क्यापिटल मध्ये कुनैको पनि बुक क्लोज मिति भने तोकेको छैन् ।

प्रकाशित : २४ कार्तिक २०७९, बिहीबार १०:४५