नेष्डो समृद्ध लघुवित्तको नाफासंगै बढ्यो प्रतिसेयर आम्दानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेष्डो समृद्ध लघुवित्तको नाफासंगै बढ्यो प्रतिसेयर आम्दानी



काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा यसको खुद नाफा ११.३० प्रतिशतले बढेको हो । गत बर्ष ५ करोड ७ लाख २८ हजार नाफा कामाएको थियो ।

त्यस्तै, यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी १०.५३ प्रतिशतले बढेर ९ करोड ९८ लाख रुपैंया पुगेको छ । गत बर्ष ९ करोड २ लाख ८९ हजार रुपैंया खुद व्याज आम्दानी गरेको थियो । संस्थाले यस अवधिमा खराब कर्जामा पनि सुधार गरेको छ ।

असोज मसान्तसम्म आइपुग्दा नेष्डोको चुक्तापुँजी २५ करोड ५लाख रुपैंया रहेको छ भने रिजर्भ कोष ३१.१० प्रतिशतले बढेर ६३ करोड ७ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।

नेष्डोको प्रतिसेयर आम्दानी आकर्षक देखिएको छ । पहिलो त्रैमासको अन्त्यसम्ममा प्रतिसेयर आम्दानी (वार्षिक) ८८ रुपैयाँ ५६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ३२ पैसा छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार ११:५५