नागरिक स्टक डिलरको साधारणसभा मंसिर १८ गते, के-के छन् एजेण्डा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक स्टक डिलरको साधारणसभा मंसिर १८ गते, के-के छन् एजेण्डा ?



काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले मंसिर १८ गते तेस्रो वार्षिक साधारणसभा गर्ने भएको छ। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित नागरिक लगानी कोष भवनमा अपराह्न ४ः३० बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित नाफाबाट चुक्तापुँजी ३ अर्ब ५० करोड रुपैयाँको ६।८५ प्रतिशतले हुन आउने २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। बोनस सेयर जारीपश्चातको हदसम्म जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृत गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यी दुवै प्रस्तावको निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार १३:२४