यी हुन मार्जिन कारोबार गर्न योग्य सूचीकृत ८७ कम्पनी (सूचिसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन मार्जिन कारोबार गर्न योग्य सूचीकृत ८७ कम्पनी (सूचिसहित)



काठमाडौं । मार्जिन कारोबारको लागि ८७ सूचीकृत कम्पनी योग्य देखिएको छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार सार्वजनिक गरेको मार्जिन सुविधा योग्य कम्पनीको सूचीमा ८७ कम्पनी परेका हुन्।

जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।

यस्तै, जीवन बिमा समूहबाट ४ वटा, निर्जीवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । त्यस्ते, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिक कारोबारका लागि योग्य रहेका छन् ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार १३:१९