कालिका लघुवित्तको नाफा ७२.५८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

कालिका लघुवित्तको नाफा ७२.५८ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाको खुद नाफा ७२.५८ प्रतिशतले घटेर १ करोड ३१ लाख ६७ हजार रुपैयाँ पुगेको हो।

अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ८० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद नाफा संस्थाको खुद नाफा घटेसंगै खुद ब्याज आम्दानी पनि ६.८१ प्रतिशतले घटेर ७ करोड ११ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, सञ्चान नाफा पनि ६७.४८प्रतिशतले घटेर ८४ लाख ३१ हजार रुपैयाँमा आएको छ । अघिल्लो बर्षको यसे अवधिमा संस्थाले २ करोड ५९ लाख २८ हजार रुपैंया रहेको थियो ।

त्यस्तै, पहिलो त्रैमाससम्ममा ३१ करोड २८ लाख ७५ हजार रुपैंया चुक्तापुँजी रहेको लघुवित्तको जगेडा कोषमा भने २४ करोड ४ लाख ५८ लाख रुपैंया जम्मा गरेको छ । साथै, यस अवधिसम्ममा संस्थाको प्रतिसेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ६९ रुपैयाँ २० पैसा रहेको प्रतिसेयर आम्दानी यो वर्ष १६ रुपैयाँ २१ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ८५ पैसा छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार ११:१०