न्युन आपूर्तिले सुनचाँदी ब्यवसायी मर्कामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

न्युन आपूर्तिले सुनचाँदी ब्यवसायी मर्कामा



काठमाडौं । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी ब्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा ब्यवसायीलाई मर्का परेको बताए । उनका अनुसार आपूर्ति बढाउन महासंघले सम्वद्ध निकायसँग आवश्यक पलह गर्दै आइरहेको छ ।

माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी ब्यवसायीहरुले नेपाल सुनचाँदी ब्यवसायी महासंघको धयानाकर्षण गराउँदै आपूर्ति ब्यवस्था प्रभावकारी वनाउनकालागि आवश्यक पहल गर्न आग्रह गर्न थालेका छन् ।

शोमबार रुपन्देही सुनचाँदी ब्यवसायी संघको प्रतिनिधीमण्डलले महासंघका आपूर्ति बढाउन माग गर्दै ज्ञापन पत्र बुुझाएको छ । यसअघि ललितपुर सुनचाँदी ब्यवसायी संघले पनि यस्तै पत्र महासंघका बुुझाएको थियो । अन्यविभिन्न जिल्ला संघहरुले पनि आपूर्ति बढाउन आवश्यक पहलगर्न आग्रह गर्दै आएका छन् ।

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको ब्यवसायीहरुको भनाई छ ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १४:३४