सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको संस्थापक शेयर विक्रिमा



काठमाडौं । सिद्धार्थ बैंकले २ जना संस्थापक शेयरधनीको नाममा रहेको ६ लाख ५९ हजार १७० कित्ता शेयर बिक्री खुला गरेको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले सेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सोमबार (कात्तिक २१ गते) बाट ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौंमा के कति शेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार १२:१३