ग्रामीण विकास लघुवित्तकाे वित्तिय अवस्था कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्रामीण विकास लघुवित्तकाे वित्तिय अवस्था कस्तो ?



काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा संस्थाले १ करोड १८ लाख रुपैयाँ घाटा व्यहारेको छ। यो गत वर्षको तुलनामा ११२.८५ प्रतिशतले कम हो ।

अघिल्लो वर्ष यही अवधिमा संस्थाले ९ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थालाई १ अर्ब ३१ करोड रुपैयाँ सञ्चालन घाटा भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १३ करोड ५४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

पहिलो त्रैमासमा संस्थाले २१ करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ३० करोड २० लाख रुपैयाँ भएको थियो। यो हिसाबले खुद ब्याज आम्दानी पनि २७।२३ प्रतिशतले ओरालो लागेको छ।

चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको संस्थाको जगेडाको आकार १५.४४ प्रतिशतले बढेर १ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाले ६ अर्ब ३८ करोड रुपैयाँ सापटी लिई १३ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८० पैसा नोक्सानमा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ७ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ४.९१ प्रतिशत पुगेको छ

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार ११:०६