छिमेक लघुवित्तको खुद नाफामा ५३.७१ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

छिमेक लघुवित्तको खुद नाफामा ५३.७१ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा छिमेक लघुवित्तको खुद नाफा ५३.७१ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद नाफासंगै खुद ब्याज आम्दानी पनि ३८.६२ प्रतिशतले बढेर ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा खुद ब्याज आम्दानी ५३ करोड ३८ लाख १७ हजार रुपैंया रहेको थियो।

त्यसैगरी, सञ्चालन नाफा ५२.७४ प्रतिशतले बढेर ३२ करोड ९१ लाख ८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यस्तो नाफा ३० करोड ५७ लाख २२ हजार रुपैंया थियो । बैंकको वितरणयोग्य नाफा २५ करोड ६७ लाख ४ हजार रुपैयाँ छ ।

साथै, २ अर्ब ३२ करोड ४१ लाख रुपैंया चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड ६ लाख ९१ हजार रुपैंया मात्र जम्मा गरेको छ । पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ८४ पैसाले बढेर ५६ रुपैयाँ ६४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २७० रुपैयाँ ३ पैसा छ ।

प्रकाशित : २० कार्तिक २०७९, आईतवार १२:२६