एभरेस्ट बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एभरेस्ट बैंकको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?



                                                

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ रहेको छ। १३ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ६५ करोड २८ लाख ९४ हजार ४३६ रुपैयाँ १० पैसा पुग्नेछ।

प्रकाशित : 6 November, 2022 11:54 am