कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफामा उल्लेख्य बृद्धि, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफामा उल्लेख्य बृद्धि, अन्य सूचक कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा ६४२.२५ प्रतिशतले बढेर ८५ लाख ७३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी १४२.६९ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ७७ लाख ६६ हजार रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

यसको सञ्चालन नाफा पनि ६४२.२४ प्रतिशतले बढेर १ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत बर्ष यस्तो नाफा १६ लाख ५० हजार रुपैंया रहेको थियो । चुक्ता पुँजी ५० करोड रहेको बैंकको जगेडा कोषमा भने १३ करोड १८ लाख जम्मा गरेको छ

यता, बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४३ पैसाले बढेर १ रुपैयाँ ७१ पैसा (वार्षिक) पुगेको छ । गत वर्ष यसको प्रतिशेयर आम्दानी २८ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ३६ पैसा छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १०:४४