महालक्ष्मी विकास बैंकको नाफा घट्यो, खुद ब्याज आम्दानीमा भने बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकको नाफा घट्यो, खुद ब्याज आम्दानीमा भने बृद्धि



काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार यस अवधिसम्म आइपुग्दा बैंकको खुद नाफा ४८.२३ प्रतिशतले घटेर ११ करोड ९३ लाख ३९ हजार रुपैयाँमा झरेको छ ।

गत वर्षको यही अवधिमा बैंकले २३ करोड ५ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा सञ्चालन नाफा पनि ५१.२९ प्रतिशतले घटेर १६ करोड ८४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष बैंकको सञ्चालन नाफा ३४ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १४.४२ प्रतिशतले बढेर ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ । महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ८ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ ।

साथै, बैंकको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा भारी मात्राले बढेको छ । बैंकले इम्पेयरमेन्ट चार्ज बापत १५ करोड ७६ लाख रुपैया छुट्याएको छ । यसको वितरणयोग्य नाफा २२ लाख ७० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १५ रुपैयाँ ६९ पैसाले घटेर ११ रुपैयाँ ९० पैसा कायम भएको छ । गत वर्षको पहिलो त्रैमासमा यसको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ५९ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ २ पैसा छ । यसको निष्कृय कर्जा अनुपात बढेर ३.६२ प्रतिशत कायम भएको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १६:५२