ग्लोबल आइएमई बैंकको खुद नाफा ६.९५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकको खुद नाफा ६.९५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकको खुद नाफा ६.९५ प्रतिशतले बढेर १ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा बैंकले १ करोड ११ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ३६.९३ प्रतिशतले बढेर ३ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब ३३ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

यता बैंकको सञ्चालन नाफा पनि ८.६४ प्रतिशतले बढेर १ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत बर्ष यसको सञ्चालन नाफा १ अर्ब ५५ करोड गरेको थियो । यस अबधिमा बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रहेको छ भने जगेडाकोषमा ११ अर्ब ५९ करोड जम्मा भएको छ ।

बैंकको वितरणयोग्य नाफा ३.०१ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड पुगेको छ भने बैंकको प्रतिसेयर आम्दानी ५७ पैसाले घटेर २० रुपैयाँ कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा रहेको थियो । साथै, यसको प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ २६ पैसा छ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १५:०८