एनसीसी बैंकको साधारण सभा मंसिर २ गते, यस्ता छन एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनसीसी बैंकको साधारण सभा मंसिर २ गते, यस्ता छन एजेण्डा



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) ले लाभांश २५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकले मंसिर २ गते बिहान १० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सभा गर्ने भएको हो ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले कुनै पनि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न र गाभिना तथा प्राप्ति गर्न, बैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा त्यस सम्बन्धी सम्पुर्ण निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बैंकले कार्तिक १५ गते बुक क्लोज गर्ने जनाएको छ । तर असोज १० गते कुमारी बैंकसँग मर्जर सम्झौता गरेको एनसीसीको शेयर कारोबार असोज ११ गते देखिनै रोक्का रहेको छ । त्यस अनुसार असोज ९ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।

प्रकाशित : ७ कार्तिक २०७९, सोमबार १३:०५