एनएमबि बैंकको खुद ब्याज आम्दानीमा वृद्धि, नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकको खुद ब्याज आम्दानीमा वृद्धि, नाफा घट्यो



काठमाडौं । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा १३.४३ प्रतिशतले घटेर ९० करोड ४१ लाख रुपैयाँमा झरेको छ ।

गत वर्षको यसैअवधिमा यसले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३८७.११ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ भएको छ । गत वर्ष यसको वितरणयोग्य मुनाफा ४५ करोड ८४ लाख रुपैयाँ मात्र रहेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी ४४.४६ प्रतिशतले बढेको छ भने सञ्चालन नाफामा १२.१२ प्रतिशतले ह्रास आएको छ । त्यस्तै, चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ८८ करोड ९० लाख रुपैंया पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६ पैसाले घटेर १९ रुपैयाँ ६९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६ पैसा रहेको थियो ।

प्रकाशित : ७ कार्तिक २०७९, सोमबार १२:४५