नबिल बैंकको नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ,अन्य सूचक कस्तो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकको नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ,अन्य सूचक कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको तुलनामा ४१.३० प्रतिशतले बढी हो ।

गत वर्षको यसैअवधिमा यसले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।
२२अर्ब ८३ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा पनि २४२.२८ प्रतिशतले बढेको छ । यता, बैंकको प्रतिसेयर आम्दानी भने ५ रुपैयाँ १ पैसाले घटेर २७ रुपैयाँ ०१ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ११ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २३३.२८ रुपैयाँ २८ पैसा छ ।

प्रकाशित : ७ कार्तिक २०७९, सोमबार १२:०३