ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको हो । जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँयाको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैँया बराबरको बोनश शेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैँया बराबरको नगद लाभाशं शेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । ३ प्रतिशत बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार २०:५९