सानिमा बैंकले लाभांश दिने घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सानिमा बैंकले लाभांश दिने घोषणा



काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्षको नाफाबाट लाभांश दिने घोषणा गरेको छ। कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजार ३२६.४० रुपैयाँको कुल १०.९८ प्रतिशतले हुन आउने १ अर्ब २४ करोड ३७ लाख ४६ हज४४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १ अर्ब १३ करोड २७ लाख ३७ हजार ७३२।६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९८ प्रतिशतले हुन आउने ११ करोड १० लाख ८ हजार २९७।८० रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १३:१२