नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा मंसिर १० गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा मंसिर १० गते, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले साधारण सभा डाकेको छ। बैंकले मंसिर १० गते शनिबार अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजे चौथो वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित समेत पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १ गते बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १२:५८