नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

जसमा ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँबराबरको नगद लाभांश छन्। प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने कम्पनीले जनाएको छ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार ११:५६