आयतमा लगाएको प्रतिबन्धले बढाएन विदेशी मुद्राको सञ्चिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

आयतमा लगाएको प्रतिबन्धले बढाएन विदेशी मुद्राको सञ्चिति



काठमाडाैं । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै वैशाखदेखि विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएकोमा पछिल्लो समय ६ वस्तुमाथिको आयात प्रतिबन्ध फुकुवा गरे पनि कार–जिप–भ्यान, ३ सय डलरभन्दा बढी मूल्यका मोबाइल, १ सय ५० सीसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध कायमै छ ।

सरकारले पटक-पटक म्याद थप गरेर आयात प्रतिबन्ध कायम राखेको विदेशी मदिरा, स्मार्टफोन, महँगा चारपांग्रे्रे सवारी साधन र मोटरसाइकल आयातको प्रतिबन्ध समयसीमा बढाएको हो । सरकारले आयातमा प्रतिबन्ध लगाएको भएपनि विदेशी मुद्रा सञ्चिति बढ्नुको साटो घट्ने क्रम नरोकिएको हो । गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । २ महिनामा अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ ।

असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ । हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । २०७८ असारदेखि नै विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो ।

प्रकाशित : ४ कार्तिक २०७९, शुक्रबार १६:३४